विवरण

click this link Website
pandulipi

अन्तर्मनको यात्रा
जगदीश घिमिरे

मूल्यः US$7.95

डा. अभि सुवेदी : यो कृति ज्योतिको मुस्लो जस्ता भावनाका तीव्र संवेगहरुद्वारा जीवन्त छ । …सिर्जनाका अत्यन्त तीव्र क्षणहरु नेपाली साहित्यमा यसरी प्रयोग भएको अन्यत्र भेटिएको छैन । …जगदीश घिमिरेको यो (प्रति)संस्मरण विचारहरु र सिर्जनशील भाषाको अत्यन्त चमत्कारिक प्रयोग भएको नेपालीका थोरै सिर्जनात्मक संस्मरणहरुमध्ये एक हुन पुगेको छ ।


मनु ब्राजाकी : मौलिकता भनेको प्रतिभा हो भने जगदीशको सम्पूर्ण लेखकीय प्रतिभा यस कृतिमा उद्घाटित भएको छ । यो महत्त्वपूर्ण कृति सबै प्रकारका पाठक, लेखक, अझ छोराछोरी र नाति नातिनीहरुका लागि पनि पठनीय हुनाले सङ्गग्रहणीय पनि छ । के आत्मालाप गर्दा व्यक्ति तटस्थ हुनसक्छ ? त्यो चमत्कार गजदीशको लेखकीय क्षमताले यसमा देखाएको छ । यस्तो चमात्कारपूर्ण लेखकीय क्षमता देखेर पनि पाठक पीडाविह्वल हुन्छ ।


प्रा. डा. गोविन्दराज भट्टराई : यो लेखकको विशेष मनोदशाले उत्पन्न भएको कृति हो । …मानिसले जीवनको अस्तित्वचिन्तन कति बेला र कसरी गम्भीर चिन्तन गर्दछ त्यो यहाँ देखिन्छ । यो एक अस्तित्वचिन्तन हो । …सम्पूर्ण पाठकमा मेरो अनुरोध छ, जीवनको अगम्य रहस्य बोकेर हिँड्ने प्रत्येकले यो कृति एकपल्ट पढ्नै पर्छ ।


शरदचन्द्र वस्ती : मैले धेरै किताब पढेको छु, तर यत्तिको तेजिलो, गहिरो, प्रखर, स्पष्ट र मार्मिक किताब चाहिँ भेटेको थिइनँ । यो भित्रैदेखिको स्वअनुभूतिबाट उर्लिएर लेखिएको हो । यसमा ज्ञान, अनुभूति, तत्वबोध, असाधारण शब्दशक्ति, शब्दसामर्थ्य र भाषिक सशक्ततासमेतको उत्कृष्ट सम्मिश्रणको तरल र प्रवाहमय हुन्डरी छ । चिन्तन जति गहिरो छ, आत्मबोध उत्तिकै उच्च छ ।


दिवङ्गत साबी श्रेष्ठ : (क्यान्सर पीडित, अस्पतालको शय्याबाट) : अन्तर्मनको यात्रा पढ्दा मलाई टनिक खाएझैँ भयो । एक त दुवै उस्तैउस्तै समस्या, अर्को झरिलो कुराहरुले भरिएको यस किताबले मभित्र धेरै आत्मविश्वास भरिदियो, चरम निराशामा आशा र साहस दिलायो ।


सत्यमोहन जोशी : रक्तक्यान्सरसँग लडेर लडेर लेखेको अन्तर्मनको यात्रा नेपाली साहित्यको कठोपनिषद् हो । ...भानुभक्त, मोतिराम, लेखनाथ, सम, देवकोटा, सिद्धिचरण, रिमाल जस्ता स्रष्टाहरूको क्रम र वहाँहरूको अग्रपङ्क्तिमा अनेक कृतिहरू आए होलान्, तर यसरी वैचारिकरूपले बौद्धिक खुराक दिने र आत्मानुभूतिको साक्षात्कार गरेर लेखिएको पुस्तकचाहिँ एउटा यो अन्तर्मनको यात्रा नै हो ।


मदनमणि दीक्षितः जीवनयात्राको कारुणिक तथा कलात्मक अभिलेख... प्रत्येक स्वाभिमानीले यो पुस्तकमा आफू चित्रित भएको पाउनेछ ।


 डा. वासुदेव त्रिपाठीः यो एउटा अत्यन्त उर्जाशाली, अत्यन्त कलात्मक र विस्फोटक लेखनका लागि चिरपरिचित, अविस्मरणीय र स्थापित स्रष्टाको विशिष्ट कालजयी कृति हो, जुन मलाई आश्चर्यजनकरूपले राम्रो लाग्यो । पहिलोदेखि अन्तिम पानासम्म लेखनाथ, सम र देवकोटाको कोटिका अनेक अत्यन्त भावपूर्ण, अत्यन्त विचारपूर्ण, अत्यन्त उत्कृष्ट, सटीक र मार्मिक सूक्तिहरू अत्यन्त गहन र शक्तिशालीरूपमा प्रतिष्ठित भएको जगदीश घिमिरेको अमर कृति यो हो । 


मनप्रसाद सुब्बा, दार्जीलिङ : I am simply overwhelmed by this great book which, like a great novel, has encompassed almost all aspects of human life and world. The simple and lucid language, the disarmingly bold sincerity and the style you have employed have enhanced it to the novel of great work.


आनन्दराम रेग्मी, (प्रमुख कर अधिकृत, भैरहवा) : म यस पुस्तकबाट अभिभूत भएको छु । यसले भित्री मनलाई छुन्छ । …मेरा भैरहवाका एक मित्रले यो पुस्तक दश पटकभन्दा बढी पढिसकेका छन् र अझै पनि भावगत गीता जस्तो बारम्बार पाठ गर्न चाहन्छन् । उनी मिर्गौलाको दीर्घरोगी हुन्, उपचारमा महिनाको चालिस हजार रुपियाँ खर्च गरेर सामान्य जीवन यापन गरिरहेका छन् र भन्छन् यो पुस्तक उनको लागि विश्वनीय मार्गदर्शक छ ।


दुर्गा घिमिरे : जगदीशले यो कृति मेरा आँसुका मसीले लेखेका हुन् ।