विवरण

click this link Website
pandulipi

अङ्कुरण
भरत पौडेल

मूल्यः US$ 2.45

 

१.
बर्सिन्छन्, फूल या तरवार के हो ?
खै ! माया हो वा प्रहार के हो ?

 

भगवान् मर्‍यो भन्दै थे' हिजो
धूप हाल्न उसकै बजार के हो ?

 

बाघ मर्‍यो भन्थ्यौ गर्जियो भन्छौ !,
अरे यार तिम्रो बिमार के हो ?

 

हिजोको आजै यत्रो प्रगति !,
छोटो बाटोको व्यापार के हो ?

 

हातको पतवारले नदी तरे पो,
छर्लङ्ग हुन्थ्यो जङ्घार के हो ?

 

रोएर आयौ रुवाई जाऊ,
माया त हो नि संसार के हो ?

 

 

तिम्रो लागि छिटो चल्छ बैमानी छ धड्कन मेरो ।
जति नजिक आउँछौ उति बढेको छ उल्झन मेरो ।।

 

तिम्रो पदचाप यति सुन्दर मैले वर्णन गर्दै थिएँ,
सुनेपछि छाती थापी बसेको छ आँगन मेरो ।।

 

राम्रो छाडी नराम्रोको बेलीबिस्तार सुनायो रे,
साथी भन्थेँ सँगै थियो हिजैसम्म दुस्मन मेरो ।।

 

उनी आउँछिन् चर्चा गर्छिन् रङ रूपको खुबैसँग,
मेरो पालो दिएँ उनलाई उपहारमा दर्पण मेरो ।।

 

सबै सँगै हिँड्दै गर्दा झरेछु म भड्खालोमा,
सबै जना रूँदै कुदे आफन्त नि रै'छन् मेरो ।।