विवरण

click this link Website
pandulipi

अक्षरहरूको रङ
शेखर विकल्प

मूल्यः US $ 2.95


खबर

उसो त नदी रहेछ जिन्दगी,
सुसाएर बग्छ त कहिले चुपचाप पनि !

आमा दिनहुँ घुमाउँछिन् जाँतो -
पिध्छिन् मकैका ठेट्ना या दुःख ?

बाउ दिनहुँ उचाल्छन् कोदाली -
फोछर्न् बाँझो या गरिबी ?

र म भौतारिन्छु दिनहुँ सहरमा,
खोज्दै आफैलाई या भविष्य ?

तर,आज मौन छ समय !

त्यही दिन निथ्रुक्क झरीमा रुझ्दै
भन्नेछु म यो परिवेशको खबर
जुन दिन सिमली घाट फेँदीमा सुनौला घाम देखेर
झरेको हुनेछ सप्तरंगी इन्द्रेणी !