विवरण

click this link Website
pandulipi

आजका नेपाली कथा
सं. अनमोलमणि

मूल्यः US $ 5.95

 

जब उसको अगाडि आएर “रक्सी थप्छस् ?” सोधी, त्यसपछि उसले कामिनीलाई कामिनी मात्र देख्यो । कामिनीमा फूलमती बदिनी देखेन । कामिनी मात्र देखेपछि उसलाई रक्सीको तलतल लाग्यो । 
“कामिनी एक गिलास ले न ।”
“पैसा छ ?”
“तेरो सित्तैमा कैले खा’छु र ?”
“म उधारो दिन्नँ भन्ने था’छैन ?”
“खाँदाखाँदै तिर्न नसकेर मरेछु भने यही रिक्सा लिनू । अस्ति भर्खर किनेको नयाँ छ । रिक्साको कसम !”
पहिलेपहिले ऊ आमाको कसम खान्थ्यो । पछि सुल्फीको कसम खान थाल्यो । सुल्फी मरेपछि रक्सीको कसम खान थाल्यो । केही समय मगतीको कसम पनि खायो । कोही नहुँदा उसले धेरै पटक आ¬फ्नै कसम खायो । कहिले कता झुक्किएर उसले कामिनीको कसम पनि खायो । अहिले सबैभन्दा नयाँ, सबैभन्दा आ¬नो, सबैभन्दा प्यारो त्यही रिक्सा छ । त्यसकै कसम खायो ।
कामिनीले अलिकति दया देखाएझैँ गरी – “खाँदाखाँदै तँ धेरै खान्छस् ।” 
“मैले धेरै खाएर तँलाई के घाटा ?”
“फेरि भोलिदेखि कसले खाइदिन्छ ?”
“मलाई नखा भन्ने कोही छैन कामिनी ।”
“मैले भनेको तँ मान्दैनस् ।”
“मेरो घर छैन, स्वास्नी छैन, छोराछोरी छैनन्, मात्रै यही रक्सी र रिक्सा छ, अनि म आफैँ छु ।”
“अनि यो भट्टी पनि छ । भट्टीमा म छु ।”
“तैँले भन्छेस् भने तेरो कसम, आजैदेखि म रक्सी छोड्छु ।”
कामिनी ऊसँग कुरा गर्न भ्याइन वा नखा भन्न चाहिन वा आ¬नो कसम नखाओस् भन्ने चाही । ऊ ग्राहकहरूसँग व्यस्त हुन थाली । उसले रक्सी छोड्ने निर्णय गर्न सकेन । उसले रक्सी पिउन थाल्यो । पिइरह्यो । रक्सीकै आँखाले कामिनीलाई हेर्योक ।
“तैँले जवानी फ्रिजमा राख्छेस् कि के हो कामिनी ? कहिल्यै बूढी देखिन्नस् ।”
“तँ मलाई रक्सी खाएपछि मात्र तरूनी देख्छस् । म तँलाई रक्सी नखाँदा मात्र तन्नेरी देख्छु ।”
“रक्सी खाएपछि तँलाई सुल्फी देख्छु ।”
रक्सी पिएपछि कामिनीको अनुहारमा उसले सुल्फीलाई मात्र देख्यो । अहिलेको आ¬फ्नो जीवनबाटै फकर्रे ऊ सुल्फीसँग पुग्यो ।
“दिन्छेस् ?”
“म बदिनी हो र ?”
“बदिनीको र तेरो एउटै त हो नि ।”
“तेरो भए तेतै जा न ।”
“हटाइहाले नि इज्जेत् भएकाहरूले ।”
“पाइन्छ नि होटलतिर ।”
“पैसा पुग्दैन ।”
“सस्ती छु र म ?”
“कति लिन्छेस् ?”
“म बेस्से हो र ?”
“तेसो भए तेस्सै लेन त ।”
“तँ रँडुवुा आउनु पदर्नै अब ।”
“तँ रँडुवाइकाँ आउन्नँ म पनि । जान्छु ।”
“गइहाल तँ ।”
“जान त आ’को । गएँ ।”