विवरण

  Website
pandulipi

अब्स्ट्र्याक्ट बैंकक
खगेन्द्र पन्धाक लिम्बू

मूल्यः US$8.95



एक दिन एक जना साथीले मलाई फोन गरिन् र भेट्ने अभिप्सा राखिन् । मैले पनि हामीले कोठा लिएर बसेको ठाउँमै बोलाएँ । उनी आइन् । अचम्मको कुरो त के भयो भने उनले उसलाई मेरो ग्राहक सम्झिछन् क्यार ! सँगै संयुक्त यौन सम्पर्क  गर्ने र पैसा असुल्ने प्रस्ताव राखिन् । मलाई झनक्कै रिस उठ्यो । हुन त साथी–साथी एकापसमा ग्राहक दिएर सहयागे गर्ने संकार हाम्रो पेसामा पनि नभएको होइन । तर किनकिन उसलार्इ  मैले आफ्नै प्रेमी भनौँ आफ्नै श्रीमानझैँ सम्झिरहेँ । कुन केटीले आफ्नो प्रिय पुरुषलाई अरू स्त्रीसँग यौनसम्पर्कका निम्ति दिन सक्छ ? मलाई नि तेस्तै भयो । मैले साथीलाई नमीठो जबाफ दिएँ । हुन त हामीबीच न यौनसम्पर्क नै भएको थियो, न माया–प्रेम गर्ने बाचाबन्धन नै । एति हो मन मिलेकोले एक–दुई दिन सँगै बस्ने निर्णय भएकाले हामीले कोठा लिएका थियौँ । अझ भत्रे हो भने मेरै अनुरोधलाई उसले स्वीकृति दिएको थियो । दुई रात,  दुई दिन सँगै बस्यौँ, सँगै खायौँ, सँगै डुल्यौँ । यही अवसरमा एकापसका आन्तरिक कुराहरूको साटासाट भयो अर्थात् मैले उसलाई बुझेँ र आफूलाई बुझाएँ । बुझाबुझले हाम्रो सम्बन्ध अझ गाढा भएर गयो । म उसको प्रेममा लिप्त हुँदै गएँ । नभन्दै उसले पनि मलार्इ माया गर्ने आस्वाशासन दियो ।