हाम्रो बारे



छापिएका पुस्तकहरू पुग्न नसकेका विश्वका कुनाकुनामा अब इन्टरनेटका माध्यमबाट नेपाली साहित्यिक पुस्तकहरू पनि पढ्न पाइने भएको छ । नेपालका विभिन्न साहित्यिक किताबहरु बिक्रीका लागि आफ्नो वेवसाइटमा राखेको छ । यी पुस्तकहरू www.pandulipibooks.com वा www.ebooks.com.np मा गई निश्चित रकम तिरेर पढ्न सकिन्छ । पाण्डुलिपिले धेरैभन्दा धेरै पुस्तकहरूलाई एउटा बृहत् विद्युतीय पुस्तक संग्रहको रूपमा बिकास गर्ने लक्ष्य लिएको छ । तसर्थ यो एउटा व्यवसायमात्र नभएर नेपाली साहित्यको विकास, विस्तार र समृद्धिको लागि एउटा अभियान पनि हो ।

 

सामाजिक सञ्जालहरूको बढ्दो प्रयोग र विश्वका विभिन्न देशमा नेपालीहरूको बढ्दै गएको बसोबासका कारण नेपाली साहित्यको दायरा पनि फराकिलो बन्दै गएको छ । यसै पृष्ठभूमीमा नेपाली साहित्यको पहुँच विश्वको हरेक ठाउँमा पुर्‍याउन र विकसित देशमा लोकप्रिय बन्दै गएको विद्युतीय पुस्तक पठन संस्कृति (ebook reading culture) मा नेपाली पाठकहरूलाई अभ्यस्त बनाउन यसले सहयोग पु¥याउनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।

 

लाखौँका संख्यामा विदेशमा रहेका नेपाली साहित्यका पाठकहरू माझ नेपाली पुस्तक पुर्‍याउन पाण्डुलिपिले विद्युतीय पुस्तक प्रकाशन र बिक्री कार्य थालनी गरेको हो । विदेशमा नेपाली पुस्तक पुर्‍याउन धेरै गाह्रो र महङ्गो भएको स्थितिमा ईपुस्तक सजिलो र अत्याधुनिक विकल्प हो । अहिले नेपालमा ईपुस्तकको पाठक संख्या यकिन गर्न नसकिए पनि भोलिको बजार यसैको हो भन्नेमा विवाद नहोला । यो आधार विश्वमा बढ्दै गएको विद्युतीय पठन संस्कृतिले दिएको छ । अहिलेको समाज दिनानुदिन वैज्ञानिक र आधुनिक बन्दै गएको परिप्रेक्ष्यमा ईबुक अबको पठनपाठनका लागि प्रमुख माध्यम र जीवनको अभिन्न अङ्ग बन्नेमा दुविधा छैन ।

 

ईपुस्तकमा जाँदा लेखकहरूमा आफ्नो पुस्तक सबैतिर छ्याप्छ्याप्ती हुने र सबैले सित्तैमा पढ्न सक्ने हो कि भन्ने चिन्ता स्वभाविक हो । तर पाण्डुलिपि बुक्सले यो समस्यालाई निराकरण गरेको छ । डिजिटल अधिकार व्यवस्थापन DRM (Digital Rights Management) प्रविधिद्वारा विद्युतीय पुस्तक एउटा डिभाइसबाहेक अर्कोमा डाउनलोड गर्न, प्रिन्ट गर्न र एउटा डिभाइसबाट अर्कोमा सार्न पनि नसकिने हुनाले निकै सुरक्षित छ । यो प्रविधि पाण्डुलिपिले नेपालमा पहिलोपटक भित्य्राएको छ । यही प्रविधि भित्य्राउनका लािग पाण्डुलिपिले धेरै समय, सीप र परिश्रम खर्चेको छ ।

 

अन्त्यमा, नेपाली साहित्यमा देशविदेशमा रहेका सबै नेपालीको सहज पहुँच गराउनका लागि पाण्डुलिपि बुक्स निरन्तर क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्दछ ।