विवरण

click this link Webseite
pandulipi

आस
प्रदीपमान तुलाचन

मूल्यः US$7.95


विवरण

“उपन्यास पढ्दै गए म तेही अक्षेर भित्र हराउदै गए।हजुरको यो ‘आस’ उपन्यासले चौध अन्चल पचहत्तर जिल्लालाई बाँधेको छ। जिबनले भोगेको र भोग्न पर्नी बस्ताबिक्ता ओकलेको छ। मन छुन सफल बनेकोछ उपन्यास।यो सुन्दर रचनाको लागि धन्यवाद प्रदीप जी साथै बधाई र सफल्ताको शुभकामना~!!” (सपना गौतम, A Reader)

 

“ ’आस’ उपन्यास ले पटक पटक रुवायो, मन छोयो। हिमालदेखी अमेरिकासम्मको द्रिश्य समेट्ने अती सुन्दर उपन्यास एउटा छुट्टै प्रकृतिको उपन्यास निकै मार्मिक छ। आमाको माया र बाबुको माया साथै पात्रको देशको माया हृदयबिदारक छ। कुन शब्दमा प्रसंसा गरु शब्द नै भेट्टाउन सकिन त्यसैले यो उपन्यास सबैले पढ्नै पर्ने उपन्यास हो।“ (Shanti Sapkota, A Reader)

 

”धेरै पुस्तकहरु अध्ययन गरियो तर ‘आस’ जस्तो मर्मस्पर्शि पुस्तक कहिले पनि पढेको थिईन ।.......... एउटा गरिबी केटाको गाथा ‘आस’ उपन्यास पढ्दा कहिले काहि आँखा समेत रसाउने अनि म पनि केहि गर्छु भन्ने उत्प्रेरणा जगाउने काम यो पुस्तकले गरेको छ ।” (Anuz Kulung, a Reader)

 

" मैले ’आस ’ पनि पढि सिध्याए। अमरको लगनशीलता, निडरता, प्रगति देखेर मलाई पनि निकै डाहा लाग्यो। उपन्यासले नेपाली कर्मचारीतन्त्र र अमेरिकी मोहलाई गतिलै झापट हानेको मैले पाए। आमाप्रतिको माया बाबा प्रतिको कर्तव्य पनि मलाई उपन्यासले सिकायो। यस्ता शिक्षामुलक र सन्देशमुलक कृतिहरु भविष्यमा पनि पढ्न पाउने आशा गरेको छु।" ( Netra Tamang,NY एवेरेस्ट टाइम्स का संचारकर्मी)

 

नेपालकै प्रतिष्ठित साहित्यकार डा ध्रुवचन्द्र गौतम लेख्नुहुन्छ- ”एउटा यस्तो उपन्यास हो ‘आस’ जुन केबल रहरले लेख्न सकिदैन । त्यसका लागि एउटादृष्टि एउटा चित्रण क्षमता र एउटा सरल लेखन र रोचकता आवश्यक पर्छ । यी सवैमा अर्को प्रमुख कुरा छ । यसले यस उपन्यासका लेखकलाई एक भावुक अनि मानवीय भावले पुरा भिजाएको छ ।”